Main News

प्रदेश २ को नाम र राजधानीका विषयमा आज मतदान हुँदै

हिमालय टिभी
२०७८ माघ ३ गते ९:०४
प्रदेश २ को नाम र राजधानीका विषयमा आज मतदान हुँदै

३ माघ २०७८ जनकपुर । प्रदेश २ को नाम र राजधानी टुङ्गो लगाउन आज मतदान हुने भएको छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले तयार गरेको प्रतिवेदनमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रिया शुरु हुने भएको हो ।

गएको पुस १३ गते सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठिन समितिले हिजोको प्रदेशसभाको बैठकमा प्रतिवेदन पेश गरेको हो । समितिका सदस्य परमेश्वर साहले आज मतदानबाट नाम र राजधानीको बारेमा निर्णय हुने बताउनुभयो ।

समितिले प्रदेशको नामाकरणका लागि मधेश, जानकी, मध्य मधेश र मिथिला भोजपुरा अनि राजधानीको लागि जनकपुरधाम, वीरगञ्ज (पोखरीया नपा, सिम्रौनगढसम्म), र वीरगञ्ज नपाभरि गरी तीन वटा प्रस्ताव गरेको छ ।

प्रदेश सभामा कुल १ सय ४ सदस्यमा जसपाको ३९, काँग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीका १३, माओवादीका ८ , एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना प्रदेश सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *