Main News

आज देशका केही भागमा सामान्य बदलीको सम्भावना, तराईमा हुस्सू र कुहिरो

हिमालय टिभी
२०७८ माघ ३ गते ७:४९
आज देशका केही भागमा सामान्य बदलीको सम्भावना, तराईमा हुस्सू र कुहिरो

३ माघ २०७८ काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ ।

त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *