Main News

मानवीय सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २ गते १३:५७
मानवीय सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान (भिडियो रिपोर्टसहित)

२ माघ २०७८ काठमाडौं । नेपालले अफगानिस्तानका नागरिकका लागि मानवीय सहायता पठाएको छ।

हिमालय एअरलाइन्सको विशेष विमानबाट आज बिहान औषधिलगायत सामग्री अफगानिस्तानको राजधानी काबुल पठाइएको हो । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको नेतृत्वमा टोली अफगानिस्तान गएको छ ।

संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई सहायता सामग्री पठाउन अनुरोध गरेसँगै उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघ लगायतका निजी क्षेत्रहरुको अग्रसरतामा सहायता सामग्री पठाइएको हो ।

काबुल उड्नु अघि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघले निर्धारण गरेको १४ टन सहायता सामग्री पठाइएको बताउनुभयो ।

तालिवान सरकारलाई नेपालले मान्यता नदिएका कारण काबुलस्थित संयुक्त राष्ट्रसंघीय वरिष्ठ अधिकारीलाई मानवीय सहायता सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ।

गत अगस्ट १५ मा तालिवानले मुलुक कब्जा गरेयता अफगानिस्तान चरम संकटमा फसेको छ । आर्थिक संकट र भोकमरी चुलिएको छ । भारतलगायत केही मुलुकले मानवीय सहायता सामग्री पठाइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *