गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा गाडी दुर्घटना

हिमालय टिभी
२०७८ माघ २ गते १३:५१
गुल्मीमा ३ दिन लगातार एकै ठाउँमा गाडी दुर्घटना

२ माघ २०७८ गुल्मी । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीन वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

गुल्मी दरबार गाउँपालिकाको वडा नम्बर – ३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तर्गत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।

शुक्रबार ग १ च ७५४७ नम्बरको बोलेरो जीप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग १ ज ५२८० नम्बरको कार पनि त्यही दुर्घटना भयो ।

आइतबार पनि लु२ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ । तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिनुभयो । शीतले सडक चिप्लो भएको र मोड भएका कारण दुर्घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *