Main News

अध्यक्षको नैतिकतामाथि प्रश्नः पत्रकार महासंघका १७ बढी केन्द्रीय सदस्यद्वारा बैठक बहिस्कार

हिमालय टिभी
२०७८ पुष ३० गते १३:३१
अध्यक्षको नैतिकतामाथि प्रश्नः पत्रकार महासंघका १७ बढी केन्द्रीय सदस्यद्वारा बैठक बहिस्कार

३० पुस २०७८ कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै १७ जनाभन्दा बढी केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका छन्।

कपिलवस्तुको तौलिहवामा बोलाइएको केन्द्रीय समिति बैठकमा पुगेका केन्द्रीय सदस्यले बहिष्कार गरेका हुन्।

केन्द्रीय सदस्यहरू बैठक कक्षबाट बाहिरिएपछि बिहान १० बजे शुरू हुने भनिएको बैठक बस्न सकेको छैन। सहमतिको प्रयासमा अहिले पदाधिकारीहरूको बैठक बसिरहेको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नसाथ केन्द्रीय सदस्यहरूले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै बहिस्कार गरेका हुन् ।

यी विषय सम्बोधन नभएसम्म बैठक शुरु हुन नसक्ने अधिकारीले जानकारी दिनुभयो । बहिष्कार गरेकाहरूले छानबिन समिति बनाउन माग गरेका छन्।

महासंघकी उपाध्यक्ष बाला अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठेको छ। केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, सुनिल खड्का, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी, ज्ञानहरि पौडेन, दीपेन्द्र शर्मा, राधा नेपालीलगायत बैठक कक्षबाट बाहिरिएका छन्।

ड्रिम हाइ नेपाल नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीले पुस २४ गते काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको अवार्ड कार्यक्रममा महासंघका केही पदाधिकारीले महासचिव पुरीको हस्ताक्षरको दुरुपयोग गरेको बताइएको छ।

उनीहरूले आर्थिक लोभमा उक्त काम गरेको केही सदस्यहरूको दाबी छ। यस्तै‚ उपाध्यक्ष अधिकारी नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्य उठ्ने भन्दै पदबाट राजीनामा दिएको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *