खेलकूद
प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि ४ खेल हुँदै
२०७८ पुष ३० गते ९:५८
३० पुस २०७८ काठमाडौं । प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि ४ खेल हुँदैछन् ।
आज कर्णाली र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ । यस्तै बिहान ९ बजे नै सुदूरपश्चिम प्रदेश र त्रिभूवन आर्मी क्लव मुलपानी मैदानमा खेल्नेछन् ।
यसैगरी बागमती प्रदेश र प्रदेश २ दिउँसो १ बजे कीर्तिपुरमा खेल्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र लुम्बिनी प्रदेशले मुलपानीमा प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि हिजो भएको खेलमा सुदूरपश्चिम, लुम्बिनी र एपीएफ विजयी भएका थिए । त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीचको खेल भने स्थगित भएको थियो ।
प्रतिक्रिया