Main News
धादिङमा माटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता
२०७८ पुष २९ गते १०:३७

२९ पुस २०७८ धादिङ । धादिङको रुबी भ्याली गाऊँपालिकामा डोजरसहित ३ जना बेपत्ता भएका छन् ।
रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारका लागि टोली परिचालन गरिएको जानकारी दिनुभयो । ‘
चालक, सहचालक र निर्माण समितिका एक जना पुरिएको खबर आएको उहाँले जानकारी दिनुभयो ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया