विदेश

आफ्नो भूमिमा चिनियाँ विमान प्रवेश गरेको ताइवानको दाबी

हिमालय टिभी
२०७८ पुष २९ गते ८:१४
आफ्नो भूमिमा चिनियाँ विमान प्रवेश गरेको ताइवानको दाबी

२९ पुस २०७८ ताइवान । ताइवानले आफ्नो भूमिमा पाँच चिनियाँ सैनिक विमान प्रवेश गरेको दाबी गरेको छ ।

ताइवानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जनवरी महिनामा मात्र ९ पटक चिनियाँ सैनिक जहाजले ताइवानको भूमि प्रवेश गरेका छन् ।

समाचार एजेन्सी एएनआईले ताइवानको नेशनल डिफेन्स मन्त्रालयलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

यी पाँच सैनिक विमान मध्ये चार पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयांग जे(१६ लडाकु विमान थिए भने एक शांक्सी वाई-८ एन्टी-सबमरीन लडाकु विमान रहेको समाचारमा उल्लेख छ।

बीबीसीका अनुसार यी पाँचै विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिण पश्चिमी भूभागबाट आएका थिए । त्यपछि त्यसको प्रतिकारमा आफूहरुले रेडियो सन्देश जारी गरेको र विमान पत्ता लगाउका लागि एयर डिफेन्स मिसाइल सिस्टमलाई तैनाथ गरेको ताइवानले बताएको छ ।

चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *