Main News

विद्यालयमै कोरोनाविरुद्धको खोप लगाएपछि विद्यार्थी दङ्ग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २८ गते १८:१७
विद्यालयमै कोरोनाविरुद्धको खोप लगाएपछि विद्यार्थी दङ्ग (भिडियो रिपोर्टसहित)

२८ पुस २०७८ काठमाडौं । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना संक्रमणविरुद्धको खोप विद्यायलमै दिन थालिएको छ । विद्यालयमै कोरोना खोप लगाउन पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन् भने अभिभावक समेत खुसी भएका छन् ।

यतिबेला देशभरका विद्यायलहरुमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । कोरोना सक्रमण दर बढेसँगै सरकारले विद्यार्थीहरुलाई विद्यालयमै खोपको व्यवस्था गरेको हो ।

सरकारले निजि र सरकारी विद्यायलहरुमै खोप लगाउने व्यवस्था गरको छ । मंगलबारदेखि शुरु गरिएको विद्यालयमै खोप अभियानमा अधिकांश विद्यार्थीहरुको सहभागिता रहेको छ ।

पछिल्लो समय बालबालिकामा पनि कोरोना सक्रमण बढ्न थालेपछि खोपलाई प्राथामिकता दिएर विद्यालयमै लगाउन लागिएको हो । कोरोनाको डरले त्रसित बालबालिका खोप लगाएपछि भने खुसी भएका छन् ।

दैनिक हजारौँको संख्यामा कोरोना सङ्क्रमित बढिरहँदा बालबालिकाको डर हटाउने काम पनि खोपले गरेको छ । कोरोनाबाट आफ्नो बालबालिकालाई बचाउन भन्दै अभिभावकहरु समेत आफनो नानीबाबुलाई खोप लगाउन ल्याइरहेका छन् ।

विद्यार्थी तथा बालबालिकालाई उमेर खुल्ने कागजातको आधारमा तोकिएका विद्यालयहरुमा खोप लगाउने काम भइरहेको छ । बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइको हो । विद्याययमै खोपको व्यवस्था भएपछि विद्यार्थीहरुलाई खोप लगाइदिन सहज भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा करिब दुई लाख ७० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य राखिएको छ । कोरोना सक्रमण बढिरहेको अवस्थामा सरकारले ढिलै भएपनि बालबालिकालाई खोप लगाउने व्यवस्थाले बालबालिका सुरक्षित महसुस गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *