विदेश

मानिसमा यसरी गरियो सुँगुरको मुटु सफल प्रत्यारोपण

हिमालय टिभी
२०७८ पुष २७ गते १५:०२
मानिसमा यसरी गरियो सुँगुरको मुटु सफल प्रत्यारोपण

२७ पुस २०७८ न्युयोर्क । अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएको छ ।

सुँगुरको मुटु आनुवंशिक रूपमा परिमार्जित गरी बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको विश्वमै यो पहिलो हो ।

युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरमा ७ घण्टा लामो शल्यक्रिया गरी मुटु प्रत्यारोपण गरिएको हो । बेनेटको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बीबीसीले जनाएको छ । बेनेटको जीवन बचाउन प्रत्यारोपण एक मात्र विकल्प रहेको चिकित्सक बताउँछन् ।

यद्यपि उनको आयु कति रहनेछ भन्ने यकिन छैन । युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका चिकित्सकलाई अमेरिकाको स्वास्थ्य नियामकले यो काम गर्न विशेष छुट दिएको थियो ।

यो प्रत्यारोपण गर्ने मेडिकल टिमले धेरै वर्ष अगाडिदेखि यसबारे अनुसन्धान गरेको थियो । अमेरिकामा हरेक दिन १७ जना मानिसको प्रत्यारोपणका लागि पर्खिंदापर्खिंदै ज्यान जाने गरेको छ ।

एक लाखभन्दा बढी मानिसहरु मुटु प्रत्यारोपणको पालो कुरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *