Main News

अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास बन्द, विदाइ र स्वागतमा नआउन आग्रह

हिमालय टिभी
२०७८ पुष २७ गते १३:०७
अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिटर पास बन्द, विदाइ र स्वागतमा नआउन आग्रह

२७ पुस २०७८ काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ ।

अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो ।

कार्यालयले हवाई यात्राका दौरानसमेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *