खेलकूद

प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आज पनि चार खेल हुँदै

हिमालय टिभी
२०७८ पुष २७ गते ८:३७
प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आज पनि चार खेल हुँदै

२७ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री ९पीएम० कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि चार खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् । टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै टिम लगातार दोस्रो जितको खोजीमा रहेका छन् ।पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराएको थियो । पुलिसले सुदूरपश्चिमलाई हराएको थियो ।

यस्तै टियुमा हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ । दुबै टोली दोस्रो जितको खोजीमा हुने छन् । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो । एपीएफले प्रदेश २ लाई पराजित गरेको थियो ।

मुलपानीमा हुने पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस्तै दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन् । समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *