खेलकूद
लिभरपुल एफए कप फूटबलको चौंथो चरणमा प्रवेश
२०७८ पुष २६ गते ८:२५
२६ पुस २०७८ काठमाडौं । लिभरपुल एफए कप फूटबलको चौंथो चरणमा पुगेको छ ।
तेस्रो चरणमा लीग वान क्लब श्रूसबरी टाउनलाई गएराति ४–१ गोल अन्तरले हराउँदै लिभरपुल चौंथो चरणमा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।
एनफिल्डमा डानीएल उधोले २७ औं मिनेटममा गोल गर्दै श्रूसबरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, कैडे गोर्डोनले ३४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।
४४औँ मिनेटमा फाबिन्होले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ७८औँ मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा फाबिन्होले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल लिभरपुलले ४१ ले जित्यो ।
प्रतिक्रिया