Main News

प्रदेश १ मा होल्डिङ सेन्टरको काम अधुरै, संक्रमितको व्यवस्थापनमा चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २५ गते २०:२७
प्रदेश १ मा होल्डिङ सेन्टरको काम अधुरै, संक्रमितको व्यवस्थापनमा चुनौती (भिडियो रिपोर्टसहित)

२५ पुस २०७८ विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै सरकारले विराटनगरको रानीमा नेपाली सेनामार्फत निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम अधुरै रहँदा संक्रमितको व्यवस्थापनमा चुनौती थपिएको छ ।

संक्रमित थपिन थाले पनि निर्माणधीन होल्डिङ सेन्टर सञ्चालमा आउन अझै दुई महिना पर्खनुपर्ने भएपछि संक्रमितको व्यवस्थापनमा यसले चुनौती थपिएको हो ।

संघीय सरकारले उपलब्ध गराएको २८ करोड ९१ लाख रुपैयाँ बजेटमा विराटनगर जुटमिल परिसरको ३ विघा जग्गामा ‘होल्डिङ सेन्टर’ निर्माणको काम अघि बढेको थियो ।

नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले एक हजार बेड क्षमताको २२ वटा भवन निर्माणको ठेक्का पाएको थियो। ठेक्का पाएको दुई महिना अर्थात गएको भदौ महिनाभित्र होल्डिङ सेन्टर निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने समयसीमा थियो ।

तर कोरोना संक्रमणदर घटेसँगै निर्माण सुस्त हुँदा हालसम्म भौतिक प्रगति ६० प्रतिशत मात्र छ । लकडाउनको समयमा निर्माण गरिएका अस्थायी होल्डिङ सेन्टरहरु बन्द भइसकेको र निर्माणाधीन होल्डिङ सेन्टर पनि सम्पन्न नभएकाले पछिल्लो समय कोरोना संक्रमितको व्यवस्थापनमा कठिनाइ भएको छ ।

नेपाली सेनाले समयमै निर्माण सक्न ठेकेदार कम्पनीलाई ताकेता गर्दै आएको छ । तर होल्डिङ सेन्टर निर्माणका लागि आवश्यक जग्गा प्राप्तीमा ढिलाइ हुँदा होल्डिङ सेन्टर निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाउँदै आएको छ ।

संघीय सरकारले सातै वटा प्रदेशमा एकरएक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्ने योजना अघि सारेको थियो । यही योजना अनुसार सेनाले प्रदेश १ को विराटनगर र झापा मेचीनगर नगरपालिका १४ धाइजनमा पनि धमाधम होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । दुवै होल्डिङ सेन्टरमा सुत्ने, खानेदेखि आन्तरिक अस्पतालसम्मको सुविधा राख्ने योजना छ । तर समयमै निर्माण सम्पन्न नहुँदा समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *