Main News

मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषले मुलुकमा विकासले गति लिएनः डा. भट्टराई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २५ गते १७:४८
मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषले मुलुकमा विकासले गति लिएनः डा. भट्टराई (भिडियो रिपोर्टसहित)

२५ पुस २०७८ काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताउनु भएको छ ।

राष्ट्रिय व्यापार संघले आज काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष भट्टराईले कृषि, उद्योग र सेवा क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरुमा आएको परिवर्तनलाई आत्मासात गरे विकास र समृद्धि हुने तर्क गर्नुभयो ।

अध्यक्ष भट्टराईले मुलुकबाट गरिबी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *