Main News

आज पनि देशका अधिकांश भागमा मौसम बदली रहने

हिमालय टिभी
२०७८ पुष २४ गते १०:०३
आज पनि देशका अधिकांश भागमा मौसम बदली रहने

२४ पुस २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र २ मा मौसम बदली हुने जनाएको छ ।

महाशाखाका अनुुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाले हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहेको बताएको छ ।

तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको पनि महाशाखाले जनाएको छ । आज दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै राति सुदूर पश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *