खेलकूद
जर्मन बुन्डेसलिगा फूटबलमा शीर्ष स्थानको वायर्न म्युनिख पराजित
२०७८ पुष २४ गते ९:४१
२४ पुस २०७८ काठमाडौं । जर्मन बुन्डेसलिगा फूटबलमा शीर्ष स्थानको वायर्न म्युनिख पराजित भएको छ ।
बुन्डेसलिगाको पछिल्लो खेलमा बोरुसिया मोन्चेनग्लाडवाचले वायर्नमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा वायर्नले शुरूवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।
१८औं मिनेटमै रोबर्ट लेवान्डोस्कीको गोलबाट वायर्नले अग्रता लिएको थियो । तर २७औं मिनेटमै बोरुसियाका फ्लोरियल निउहसले गोल गर्दै खेल बराबरी गरे ।
लगत्तै ३१औं मिनेटमा स्टेफेन लिनरले गोल थपेपछि बोरुसियाले खेलमा २१ को अग्रता बनायो । त्यसपछि दुबैतर्फबाट थप गोल हुन सकेन ।
जितसँगै ११औं स्थानको बोरुसियाले १८ खेलबाट २२ अंक जोडेको छ । उता समान खेलबाट वायर्नको ४३ अंक छ ।
प्रतिक्रिया