Main News

कोरोना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह

हिमालय टिभी
२०७८ पुष २३ गते १८:५६
कोरोना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह

२३ पुस २०७८ काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्देशक समितिले कोरोना संक्रमण बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमण फैलिएको सन्दर्भलाई ध्यानमा राखेर जनचेतना अभिवृद्धि गर्न, खोप अभियान बढाउन, जोखिममा रहेकालाई अतिरिक्त खोप वितरण गर्न निर्देशन दिनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले सीमा नाकाहरुमा कडाईं गर्न र होल्डिङ सेन्टरहरु सञ्चालनमा ल्याउन पनि निर्देशन दिनुभएको छ । बैठकमा सीसीएमसीका तर्फबाट सचिव रामप्रसाद थपलियाले अहिलेसम्मको अवस्थाका बारेमा निर्देशक समितिको बैठकलाई जानकारी गराउनुभएको थियो ।

सम्बन्धित मन्त्रालयहरुले मातहतको निकायले गरेका कामको बारेमा अनुगमन समेत गर्ने भएका छन् । बैठकले निर्माणाधीन स्वास्थ्य संरचना तुरुन्त बनाउने र सीमा नाकाबाट भित्रिने नेपालीहरुको पीसीआर र एन्टिजेन परीक्षणको दायरा बढाउने निर्णय पनि गरेको छ ।

यस्तै, पीसीआर टेस्टबाट कोरोना पुष्टि भए संक्रमितलाई आइसोलेशनमा राख्ने निर्णय समेत गरिएको छ । बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *