लागु औषध गाँजासहित दुई जना पक्राउ
२०७८ पुष २३ गते १६:१०
२३ पुस २०७८ धादिङ । इलाका प्रहरी कार्यलय गजुरीले अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–४ को भिरकटेरी बस्ने १९ वर्षीय प्रकाश प्रजा र साथमा उनको एक साथी पनि रहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय गजुरी, अस्थायी प्रहरी पोष्ट अदामघाट धादिङबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंतर्फ जाने बस कुरिरहेको अवस्थामा गजुरी गाउँपालिका अदामघाटबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले प्रजाको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० किलो ग्राम फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि लागू औषधसम्बन्धि कसुरमा म्याद थप गरी हिरासतमा लिइएको छ ।
प्रतिक्रिया