Main News
कक्षा ११ को ग्रेडवृद्धि तथा आङ्शिक परीक्षाको नतिजा प्रकाशित
२०७८ पुष २३ गते ९:२५
२३ पुस २०७८ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
असोज ११ गते लिएको परिक्षामा ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट सहित नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।
ग्रेडवृद्धि तर्फ २१ हजार ८ सय १६ र आंशिकतर्फ २ हजार ९ सय ८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
साथै २०७८ सालको कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरिएको छ ।
प्रतिक्रिया