खेलकूद

भारतविरुद्धको दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिका विजयी

हिमालय टिभी
२०७८ पुष २३ गते ७:५१
भारतविरुद्धको दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिका विजयी

२३ पुस २०७८ काठमाडौं । भारतविरुद्धको दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

दोस्रो टेष्ट घरेलु टोली दक्षिण अफ्रिकाले ७ विकेटले जितेको हो । २४० रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेटको क्षतिमा पूरा गरेको थियो । दक्षिण अफ्रिकाका कप्तान डिन एल्गरले अविजिति ९६ रन जोडे ।

त्यस्तै रस्सी भान डेर डुसानले ४० तथा एडन मारक्रमले ३१ रन बनाए । यसअघि जोहनवर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा २०२ रन बनाउँदा दक्षिण अफ्रिका २२९ रनमा अलआउट भएको थियो ।

त्यसपछि दोस्रो इनिङमा भारतले मात्र २६६ रन जोडेपछि दक्षिण अफ्रिकाले २४० रनको लक्ष्य पाएको थियो । यससँगै तीन खेलको टेष्ट श्रृंखला ११ को बराबरी भएको छ।

पहिलो टेष्टमा पाहुना टोली भारत ११३ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टेष्ट जनवरी ११ तारिखमा शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्