Main News

प्रधानमन्त्री देउवा आउँदो आइतबार भारत जाने तयारी

हिमालय टिभी
२०७८ पुष २१ गते ९:०२
प्रधानमन्त्री देउवा आउँदो आइतबार भारत जाने तयारी

२१ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणमा जाने तयारी गर्नु भएको छ ।

आउँदो आइतबार नयाँ दिल्लीमा हुने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो । उहाँले सोमबार गुजरातको अहमदाबादमा आयोजना हुने भाइब्रेन्ट गुजरात सम्मेलनलाई सम्बोधन गर्नुहुने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *