खेलकूद
पीएसजी फ्रेन्च कपको अर्को चरण प्रवेश
२०७८ पुष २० गते ८:५१

२० पुस २०७८ काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको अर्को चरणमा पुगेको छ।
अवे मैदानमा सोमबार राति भएको खेलमा भ्यान्सलाई ४–० गोल अन्तरले पराजित गर्दै पीएसजीले अघिल्लो चरणमा स्थान बनाएको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे। उनले ५९, ७१ र ७६औँ मिनेटमा गोल गरे । यस्तै किमपेम्बेले २८औँ मिनेटमा गोल गरेका हुन् ।
प्रतिक्रिया