Main News

पाल्पामा बढ्दो सडक दुर्घटना, कमजोरी कस्को ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १९ गते १७:५३
पाल्पामा बढ्दो सडक दुर्घटना, कमजोरी कस्को ? (भिडियो रिपोर्टसहित)

१९ पुस २०७८ पाल्पा । बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी गएकाहरू चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भयो । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर २, लघुवामा दुर्घटना हुँदा बसमा सवार १५ घाइते भए । बस दुर्घटनाबारे फरक फरक कारण देखाइएको छ ।

बुटवलबाट रिडीका लागि शव बोकेर छुटेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको तानसेन हार्थोक रिडी सडक अन्तर्गत लघुवामा आइतबार दुर्घटना भयो । बसमा सवार मलामीहरुले चालकको लापरबाहीकै कारण दुर्घटना भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती पनि ओरालो, घुम्ती, चिप्लो सडक र चालकको लाहपरबाही नै दुर्घटनाको प्रमुख कारण मान्नुहुन्छ ।

हार्थोक रिडी सडक निकै साँगुरो ओरालो, घुम्ती चिप्लो रहेकै कारण पटकपटक दुर्घटना हुने गरेको स्थानीय बासिन्दाको दाबी छ । यो सडकखण्डमा पाँच पटक भएको सवारी दुर्घटनामा ठूलो मानवीय क्षति भइसकेको छ ।

तीव्र गतिमा आएका सवारीसाधन घुम्तीमा बढी दुर्घटना भएका छन् । यस क्षेत्रको दुर्घटना न्यूनीकरण गर्न सडकका घुम्ती कटानसँगै सडकको स्तरोन्नति हुन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *