खेलकूद

प्रिमियर लीग फूटबलमा एभर्टन घरेलु मैदानमै पराजित

हिमालय टिभी
२०७८ पुष १९ गते ९:१४
प्रिमियर लीग फूटबलमा एभर्टन घरेलु मैदानमै पराजित

१९ पुस २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा एभर्टन घरेलु मैदानमै पराजित भएको छ।

गएराति भएको खेलमा एभर्टन ब्राइटनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । एभर्टनको मैदानमा ब्राइटनलाई जित दिलाउन म्याक एलिस्टरले दुई गोल गरे । डान बर्नको नाममा एक गोल रह्यो ।

एभर्टनका एन्थोनी गोर्डनले दुई गोल फर्काए । एभर्टनका काल्भार्ट लेविनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

हारसँगै एभर्टन १९ अंकसहित १५ औँ स्थानमा छ । ब्राइटन २७ अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्