सुडानका प्रधानमन्त्री हमदोकद्वारा राजीनामा घोषणा

१९ पुस २०७८ सुडान । सुडानमा प्रधानमन्त्री अब्दल्ला हमदोकले राजीनामा घोषणा गरेका छन् ।
सेनासँगको विवादास्पद सम्झौतामा पुनर्बहाली भएको केही हप्तामै उनले राजीनामाको घोषणा गरेका हुन् । टेलिभिजन सम्बोधन मार्फत ह्यामदोकले सुडान खतरनाक मोडमा रहेकाले यसको सम्पूर्ण अस्तित्वलाई खतरामा पारेको बताएका छन् ।
उनले मुलुकलाई विपद्तर्फ फस्नबाट जोगाउन पनि जिम्मेवारी फिर्ता लिने निर्णयमा पुगेको बताए । गत अक्टोबरमा सेनाको कू पछि हमदोकलाई घरमै नजरबन्दमा राखिको थियो । तर नोभेम्बरमा शक्ति बाँडफाडको सम्झौता पछि उनी पूनर्बहाली भएका थिए ।
सम्झौतामा चुनाव नभएसम्म मन्त्रिपरिषद्को नेतृत्व ह्यामदोकले गर्ने उल्लेख भएपछि नयाँ नागरिक सरकारको शक्तिका विषयमा स्पष्ट खुलाइएको थिएन ।
प्रदर्शनकारीहरूले उक्त सम्झौता अस्वीकार गर्दै पूर्ण नागरिक सरकारको माग गरेका छन् । प्रदर्शन चर्कर्दै जांदा हिजो मात्र दुई जनाको मृत्यु भएको थियो । सेनाको कू यताको प्रदर्शनमा ५० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ ।
प्रतिक्रिया