Main News
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै
२०७८ पुष १९ गते ८:४६
१९ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
नवनिर्वाचित केन्द्रीय कमिटी पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ।
बैठकले पदाधिकारी र ६३ जना केन्द्रीय सदस्य चयन गर्ने जनाइएको छ । आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो ।
जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।
प्रतिक्रिया