Main News

पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको सनाखत

हिमालय टिभी
२०७८ पुष १८ गते १७:१५
पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको सनाखत

१८ पुस २०७८ पाल्पा । पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएका सात मध्ये ६ जनाको सनाखत भएको छ । १५ जना घाइते भएका छन् ।

बुटवलबाट रिडीका लागि शव बोकेर छुटेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट २ लगुवामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा गुल्मी मालारानी गाउँपालिका वडा नम्बर २ का भोजेन्द्र विश्वकर्मा, शंकर विश्वकर्मा र मोहन कुँवरको मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का विजय थापा क्षेत्री, वडा नम्बर १७ का पशुपति रसाइली र खुमबहादुर रानाको मृत्यु भएको छ ।

अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनाको लुम्बिनी मेडिकल प्रभास र ६ जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले चिप्लो सडकमा तीब्र गतिका कारण दुर्घटना भएको जानकारी दिनुभयो ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *