Main News

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

हिमालय टिभी
२०७८ पुष १८ गते १४:४८
कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

१८ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *