Main News

कृषि क्षेत्रको विकासबाट मात्र देश विकास सम्भवः अर्थमन्त्री शर्मा

हिमालय टिभी
२०७८ पुष १६ गते १७:४८
कृषि क्षेत्रको विकासबाट मात्र देश विकास सम्भवः अर्थमन्त्री शर्मा

१६ पुस २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४ औं वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

उहाँले किसानलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरुलाई सचेत गराउनु भयो ।

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अव उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *