Main News
भक्तपुरमा ट्याक्सी र बससँग कार ठोक्कियो, एक जनाको मृत्यु
२०७८ पुष १५ गते १०:१८

१५ पुस २०७८ भक्तपुर । भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो बेलुकी मध्यपुर ठिमीको चारदोबाटोमा बा ४ प ५७६ नम्बरको कार डिभाइडरमा ठोक्किएर गुडिराखेको ट्याक्सी र रोकिराखेको बसमा ठोक्किँदा कारमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर जनकपुर उपमहानगरपालिका १५ का २२ वर्षका अभिषेक शाहको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा भक्तपुरको मध्यपुर अस्पतामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका कार चालक सिन्धुलीका २५ वर्षका सविन घिसिङको मध्यपुर अस्पतालमै उपचार भइरहेको छ । ट्याक्सी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया