Main News

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ पुष १३ गते ९:११
आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

१३ पुस २०७८ काठमाडौं । आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने भएकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

पर्सिसम्म नै यात्रा र हिमाल आरोहणमा नजान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले आग्रह गर्नुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने सम्भावना छ ।

यसकै प्रभावले अहिले सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको उहाँले सीआइएनलाई जानकारी दिनुभयो । यो प्रणाली सुदूरपश्चिमबाट मध्ये क्षेत्र हुँदै प्रदेश १ सम्म नै फैलिने भएकाले दिउँसोपछि देशभरी नै पानी पर्ने उहाँको अनुमान छ ।

क्रमिक रुपमा आज र भोलि पानी पर्ने क्रम बढ्ने मौसमविद् पौडेलको भनाइ छ । उहाँका अनुसार पर्सि बिहीवार दिउँसोपछि भने मौसम खुल्दै जाने छ । हिउँ र पानी परेसँगै चिसो बढ्ने भएकाले सचेत हुन उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *