खेलकूद

यू–१९ एसीसी एसिया कप क्रिकेटमा नेपाल आफ्नो दोस्रो खेल खेल्दै

हिमालय टिभी
२०७८ पुष ११ गते ८:४०
यू–१९ एसीसी एसिया कप क्रिकेटमा नेपाल आफ्नो दोस्रो खेल खेल्दै

११ पुस २०७८ काठमाडौं । उन्नाइस वर्ष मुनिको एसीसी एसिया कप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ ।

समूह बी अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको लक्ष्य आज पहिलो जित निकाल्ने रहनेछ ।

पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो । श्रीलंकाले पहिलो खेलमा कुवेतलाई २ सय ७४ रनले हराएको थियो ।

अंकविहीन नेपाल तालिकाको पुछारमा रहँदा २ अंक जोड्दै श्रीलंका दोस्रो स्थानमा छ । यूएईको सारजाह क्रिकेट मैदानमा खेल बिहान सवा एघार बजे शुरू हुनेछ ।

दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्