Main News

आज र भोलिका लागि निर्धारित गैरआवासीय नेपाली संघको निर्वाचत स्थगित

हिमालय टिभी
२०७८ पुष ११ गते ८:०१
आज र भोलिका लागि निर्धारित गैरआवासीय नेपाली संघको निर्वाचत स्थगित

११ पुस २०७८ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आज र भोलि हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो । निर्वाचन गर्ने भन्दै पटकपटक प्रतिबद्धता जनाएका पन्तलाई निर्वाचन प्रकृयाबाट विचलित हुन् खोजेको आरोप लागेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकिया स्थगन गरेको छ ।

संघभित्र प्रतिनिधि छनौटलगायतका विवाद मिलाउन अध्यक्ष पन्तले यसअघिनै संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, डा. यादव पण्डित, एनआरएनए सचिव गौरीराज जोशी र संघका प्रवक्ता डीबी क्षेत्री रहेको चार जनाको समिति गठन गर्नुभएको थियो ।

तर, समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रित रहेपछि विवाद आएको छ । भागबण्डाको प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा. बद्री केसी र रवीना थापाले अस्वीकार गर्दै निर्वाचन माग गर्नुभएको छ ।

यसअघि पाटन उच्च अदालतले संघको निर्वाचनको बाटो खोल्दै डिसेम्बर महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *