Main News

कांग्रेस सभापतिमा पराजित कोइरालाको वरियता २०औं नम्बरमा

हिमालय टिभी
२०७८ पुष १० गते १८:५३
कांग्रेस सभापतिमा पराजित कोइरालाको वरियता २०औं नम्बरमा

१० पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकिएको छ ।

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि कोइरालालाई राखिएको हो । सभापतिका निकटतम प्रत्याशी कोइराला विधानको व्यवस्था बमोजिम स्वतः केन्द्रीय सदस्य भए पनि पहिलो बैठकमा उहाँ उपस्थित हुनुभएन ।

कांग्रेसमा विगतमा सभापतिको निकटतम प्रत्याशीलाई नै दोस्रो वरियतामा राख्ने अभ्यास थियो । १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित देउवा र १३ औं महाधिवेशनमा देउवासँग पराजित पौडेल दोस्रो वरियतामा हुनुहुन्थ्यो ।

नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् । त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा हुनुहुन्छ ।

त्यसपछि कोइरालालाई राखिएको छ । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै रहेका कोइरालाको त्यतिबेलाको वरियता ३५ औं नम्बरमा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *