Main News

एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : एमाले अध्यक्ष ओली

हिमालय टिभी
२०७८ पुष १० गते १५:१२
एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : एमाले अध्यक्ष ओली

१० पुस २०७८ विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले भन्नुभयो, “एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *