ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै
१० पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन फूटबलमा आज दुई खेल हुँदैछन् ।
लीग अन्तर्गत आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पा ५ अंकसहित तालिकाको नवौं स्थानमा छ । ५ खेल खेलेको हिमालयनले एक खेल जित्दा दुईमा बराबरी र दुई खेल हारेको छ ।
उता च्यासल रेलिगेशन जोनमा रहेको टोली हो । समान ५ खेल खेलेको च्यासलले १ खेल जित्दा एकमा बराबरी र र ३ खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।
यस्तै अर्को खेलमा शीर्ष दुई टोली मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्बलले खेल्ने छन् । शीर्ष स्थानको मनाङले ५ खेलबाट १३ अंक जोड्दा दोस्रो स्थानको मछिन्द्रको ११ अंक छ ।
आठ पटकको च्याम्पियन मनाङ शीर्ष स्थानमै रहने दाउमा रहने छ ।
उता साविक विजेता मछिन्द्रको लक्ष्य शीर्ष स्थानमा उक्लने हुनेछ । सोही मैदानमा खेल साँद्य पौने पाँच बजे शुरू हुनेछ ।
प्रतिक्रिया