सेन्ट्रल जोन भलिबलमा आज पनि नेपाली टोलीले प्रतिस्पर्धा गर्दै

हिमालय टिभी
२०७८ पुष १० गते ८:१७
सेन्ट्रल जोन भलिबलमा आज पनि नेपाली टोलीले प्रतिस्पर्धा गर्दै

१० पुस २०७८ काठमाडौं । बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला भलिबल च्यालेञ्च कपमा नेपालले आज पुरुष र महिलातर्फ प्रतिस्पर्धा गर्दैछ ।

महिलातर्फ साविक विजेता नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ । पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो । खेल बिहान पौने दश बजे शुरू हुनेछ ।

यस्तै पुरुषतर्फ नेपालले तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानलाई ३(१ को सेटमा हराएको थियो । खेल साँझ पौने ६ बजे शुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता छ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक बंगलादेशसँगै नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान रहेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त खेल हुनेछ । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *