Main News

बागमती प्रदेशमा थपिए ३ मन्त्री र ३ राज्यमन्त्री

हिमालय टिभी
२०७८ पुष ९ गते १९:०६
बागमती प्रदेशमा थपिए ३ मन्त्री र ३ राज्यमन्त्री

९ पुस २०७८ हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख यादव शर्माको कार्यालयमा नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले शपथ ग्रहण गर्नुभएको हो ।

उहाँहरुलाई प्रदेश प्रमुख शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । नवनियुक्त भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराउनुभयो ।

पाण्डेले सत्ताग ठबन्धनमा रहेको नेपाली कांग्रेसको जिम्मेवारीमा परेका मन्त्रालयमा मन्त्री नियुक्त गर्नु भएको हो ।

मुख्यमन्त्रीले यो सँगै चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । योसँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *