Main News

प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

हिमालय टिभी
२०७८ पुष ९ गते १४:२५
प्रहरी वरिष्ठ उपरीक्षक यादव मृत फेला

९ पुस २०७८ बुटवल । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

उहाँले भन्नुभयो, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत हुनुहुन्थ्यो । मृत्युको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *