Political Hightlights

माओवादी स्थायी कमिटीमा प्रचण्डको प्रतिवेदनमाथि छलफल

हिमालय टिभी
२०७८ पुष ९ गते १३:२४
माओवादी स्थायी कमिटीमा प्रचण्डको प्रतिवेदनमाथि छलफल

९ पुस २०७८ काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारीबारे नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्न तयार पारेको राजनीतिक दस्तावेजका बारे छलफल भएको हो ।

प्रतिवेदनका अलावा सम्मेलनको तयारीबारे पनि छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले सुझाव दिनेछन् ।

सुझाव समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गर्नुभएको छ । राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल हुँदैछ ।

माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। सम्मेलनमा आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, विभिन्न आयोग, विभाग तथा प्रदेशबाट गरी १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्