बागलुङको छिस्तीस्थित जनकल्याण माविमा पानीको चरम समस्या (भिडियोसहित)

हिमालय टिभी
२०७८ पुष ८ गते १६:४७
बागलुङको छिस्तीस्थित जनकल्याण माविमा पानीको चरम समस्या (भिडियोसहित)

८ पुस २०७८ बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीको जनकल्याण माध्यामिक विद्यालयमा खानेपानीको समस्या भएको छ । विद्यालयको खानेपानी व्यवस्थापनका लागि वर्षेनी बजेट छुट्टिने गरे पनि पानीको अभाव टर्न नसकेको हो ।

२०३१ सालमा स्थापना भएको बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ८ स्थित जनकल्याण माध्यामिक विद्यालयमा पानीको समस्या भएको निकै भयो । विद्यार्थीहरुले घरबाटै बोतलमा भरेर ल्याएको पानीले जसोतसो तिर्खा मेट्ने गरेका छन ।

बोलतको पानीले तिर्खा मेटाए पनि विद्यार्थीलाई सरसफाई र शौचालय जान निकै समस्या हुने गरेको छ ।

विद्यालयमा पानी ल्याउने मुहान विद्यालय भन्दा चार किलोमिटर टाढा छ । पानीको दिगो समाधानको लागि विद्यालयले पहल गरिरहेको छ ।

यो विद्यालयमा पहिले छिमेकी वडा जैदी, राङ्खानी तथा छिमेकी जिल्ला गुल्मीबाट समेत विद्यार्थीहरु आउने गर्दथे । अहिले विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको छ । जसमध्ये पानीको समस्या हुनु पनि एक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *