विदेश

ओमिक्रोन पुष्टि हुन थालेपछि यूरोपका धेरै देशमा पुनः प्रतिबन्ध

हिमालय टिभी
२०७८ पुष ८ गते ९:३६
ओमिक्रोन पुष्टि हुन थालेपछि यूरोपका धेरै देशमा पुनः प्रतिबन्ध

८ पुस २०७८ लण्डन । कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ओमिक्रोन पुष्टि हुन थालेपछि यूरोपका धेरै देशले पुनः प्रतिबन्ध लागू गर्न शुरु गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका उच्च अधिकारीले युरोपमा कोरोना सङ्क्रमणको वृद्धिले स्वास्थ्य प्रणालीलाई नै खराब अवस्थामा पुराउन सक्ने चेतावनी दिएपछि धेरै देशले प्रतिबन्ध लागू गर्न शुरु गरेका हुन् ।

जर्मनी र पोर्चुगलले क्रिसमसपछि प्रतिबन्ध र सामाजिक दूरी कायम गर्ने मापदण्डको घोषणा गरेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भने क्रिसमसअघि इङ्ल्याण्डमा कुनै पनि प्रतिबन्धलाई अस्वीकार गर्नुभएको छ । तर स्कटल्याण्ड, वेल्स र उत्तरी आरल्याण्डमा सबै सामाजिक मेलामाथि प्रतिबन्धको घोषणा गरिसक्नुभएको छ ।

युरोपियन युनियनको तथ्याङ्क अनुसार युरोपमा आठ करोडभन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ भने १४ लाख ९७ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *