Main News

माओवादी प्रदेश १ अध्यक्षमा नेम्वाङ विजयी

हिमालय टिभी
२०७८ पुष ८ गते ८:३०
माओवादी प्रदेश १ अध्यक्षमा नेम्वाङ विजयी

८ पुस २०७८ विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनु भएको छ ।

नेम्वाङले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोको पक्षमा ६४ मत मात्रै परेको थियो । ७ मत बदर भएको थियो ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी निर्वाचित हुनु भएको छ ।

त्यस्तै सचिव पदमा गणेश उप्रेती विजयी हुनु भयो । यस्तै ३ जना सहसचिवमा कुमारी राई, सागर किराँती र ऋषिराम ढुंगाना चुनिनु भएको छ ।

कोषाध्यक्षमा भने रेवतराज पुरी विजयी हुनु भएको छ । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रिया अन्तर्गत मतदानमा २४० जना सहभागी हुँदा २९ जनाको उमेदवारी परेको थियो ।

मतदानमा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *