Main News

प्रधानन्यायाधीश जबराद्वारा न्याय सेवा आयोगको बैठक आह्वान

हिमालय टिभी
२०७८ पुष ७ गते ९:२१
प्रधानन्यायाधीश जबराद्वारा न्याय सेवा आयोगको बैठक आह्वान

७ पुस २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ ।

उहाँले आफू अध्यक्ष रहेको आयोगको बैठक आजका लागि बोलाउनुभएको हो । लामो समयदेखि नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

यही बेला उहाँले आफू अध्यक्ष रहेको आयोगको बैठक बोलाउनुभएको हो । आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *