खेलकूद

ला लिगा फूटबलमा बार्सिलोना बराबरीमा रोकियो

हिमालय टिभी
२०७८ पुष ७ गते ८:२५
ला लिगा फूटबलमा बार्सिलोना बराबरीमा रोकियो

७ पुस २०७८ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

ला लिगामा गएराति सेभिया र बार्सिलोनाले एकएक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा सेभियाले ३२औं मिनेटमा एलेञ्जान्द्रो गोमेजको गोलसँगै अग्रता लियो ।

लगत्तै ४५औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गरेपछि खेल १–१ को बराबरी भयो । ६४औं मिनेटमा जुलेन्स कोन्डेले रेड कार्ड पाएपछि सेभिया १० खेलाडीमा सिमित भएको थियो ।

बराबरीसँगै १८ खेलबाट २८ अंक जोड्दै बार्सिलोना तालिकाको सातौं स्थानमा उक्लिएको छ । उता समान खेलबाट ३८ अंकसहित सेभिया दोस्रो स्थानमा कायमै छ ।

ला लिगाकै अर्को खेलमा भिल्लारियालले अलाभेसमाथि ५२ को जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्