खेलकूद

आर्सनल काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश

हिमालय टिभी
२०७८ पुष ७ गते ७:४८
आर्सनल काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश

७ पुस २०७८ काठमाडौं । आर्सनल काराबाओ कप फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एडी एनकेटीएको ह्याट्रिकमा सण्डरल्याण्डलाई ५–१ ले हराउँदै आर्सनलले सेमिफाइनलमा स्थान पक्का पारेको हो । इमिरेट्स मैदानमा आर्सनललाई एनकेटीएले १७औं मिनेटमै अग्रता दिलाएका थिए ।

त्यसपछि उनले ४९औं र ५८ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै आर्सनलका लागि निकोलस पेपे र चार्ली पाटिनोले एक(एक थपे ।

१८ वर्षीय चार्लीले आर्सनलबाट डेब्यु खेल खेलेका हुन् । सण्डरल्याण्डकातर्फबाट नाथन ब्रोडहेडले सान्त्वना गोल फर्काए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्