Main News

संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गएको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते १८:२४
संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गएको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गर्नुभएको छ ।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफू कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउन लागिरहने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको दाबी गर्नु भयो ।

अध्यक्ष नेपालले एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको पनि बताउनु भयो । उहाँले एमाले ओलीको प्राइभेट कम्पनीमा रुपान्तरण भइसकेको दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *