Main News

विवेकशील साझा पार्टीको मिश्र समूहद्वारा संयोजक पाण्डे निश्कासित

हिमालय टिभी
२०७८ पुष ६ गते १५:२३
विवेकशील साझा पार्टीको मिश्र समूहद्वारा संयोजक पाण्डे निश्कासित

६ पुस २०७८ काठमाडौं । विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निश्कासन गरेको छ ।

संयोजक पाण्डेले पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको भन्दै आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको हो ।

मिश्र समूहले पाण्डेलाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएको उल्लेख गरेको छ ।

यसैबीच संयोजक पाण्डे पक्षले भने विवेकशील साझा पार्टी सुदृढीकरण अभियान घोषणा गरेको छ । पाण्डेको अध्यक्षतामा अभियानको २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गलत बाटोमा लगेको बताउँदै ‘मूल बाटो’मा फर्काउने अभियान घोषणा गरिएको पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *