Political Hightlights

कांग्रेस प्रदेश २ को नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया शुरु हुँदै

हिमालय टिभी
२०७८ पुष ६ गते १३:३२
कांग्रेस प्रदेश २ को नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया शुरु हुँदै

६ पुस २०७८ धनुषा । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज शुरु हुँदैछ ।

यसअघि ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ मा अधिवेशन गर्न लागेको हो। यो अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयन गर्नेछ।

प्रदेश सभापतिका लागि दुई जना उम्मेदवार मैदानमा देखिएका छन्। प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्वसभापति कृष्ण यादव प्रदेश सभापति पदका आकांक्षी छन्।

रामसरोज विमलेन्द्र निधि निकट र कृष्ण शेरबहादुर देउवा निकट मानिन्छन्। निधि निकट उम्मेदवार रामसरोजलाई शेखर कोइराला पक्षले पनि समर्थन गरेको छ ।

नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारको मनोनयन तथा भोलि मतदानको कार्यतालिका तय भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्।

प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन समेत हुन बाँकी छ । कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ को प्रदेश अधिवेशन र बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।

क्रियाशील सदस्यता विवादका कारण प्रदेश अधिवेशन हुन नसके पनि केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि भने चयन गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *